फ्लोरमा ‘अञ्जली’ - Crazysaptahik.com

फ्लोरमा ‘अञ्जली’

फिल्म ‘अञ्जली’ अहिले उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण थालको फिल्मको कथावस्तु घरेलु हिंसा तथा बालबालिका अपहरण बनाइएको छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुङ्गेल, दावा शेर्पा, पे्रम आले मगर, देब राई, मेख मगरको अभिनय रहनेछ ।

सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको फिल्ममा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । फिल्म आगामी मंसिरमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.