दीपिका, अनुष्का जस्ता सफल नायिका किन चलचित्र बनाइरहेका छन् ? - Crazysaptahik.com

दीपिका, अनुष्का जस्ता सफल नायिका किन चलचित्र बनाइरहेका छन् ?

पुरुष प्रधान हिन्दी चलचित्र उद्योग अब विस्तारै लैङ्गिक समानतातर्फ अगाडि बढिरहेको छ । साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगण, रणवीर कपुर जस्ता नायकहरु चलचित्रमा अभिनयसँगै निर्माणमा पनि अगाडि आएको लामोे समय भैसकेको छ ।

अब, यो कुरामा नायिकाहरु पनि पछि छैनन् ।  राम्रो उचाई बनाएकी नायिका अनुष्का शर्माले कर्नेश शर्माकोे साथमा मिलेर ‘क्लिन स्लेट फिल्मस्’ नामक प्रोडक्शन हाउस संचालनमा ल्याइसकेकी छिन् । उनले यो ब्यानरबाट ‘एनएच १०, फिल्लौरी र बुलबुल’ जस्ता चलचित्र बनाइसकेकी छिन् ।

हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी नायिका प्रियंका चोपडाले ‘पर्पल पेबल्स पिक्चर्स’ नाममक प्रोडक्शन हाउस संचालनमा ल्याएर हिन्दी र क्षेत्रिय चलचित्र निर्माण गरिरहेकी छिन् ।

यस्तै, अर्की नायिका दीपिका पादुकोेणेले ‘का प्रोडक्शन’ खोलेर ‘छपाक’ जस्तो चलचित्र बनाइसकेकी छिन् । यस्तै, नायिकाहरु आलिया भट्ट, तापसी पन्नु, कंगना रनावत, करिना कपुर लगायतका नायिकाहरुले पनि निर्माता बन्ने घोषणा गरिसकेका छन् ।

यो शैलीलाई सकारात्मक रुपमा हेरिरहेका इतिहासकार एस एम एम औसजा नायिकाहरुले पनि नायकसँग बराबरी गरिरहेको तर्क गर्छन् ।

चलचित्रको व्यापारिक पाटोको बिषयमा जानकारी राख्ने अतुल मोहन भन्छन्–‘आजका कलाकारहरु निक्कै नै चतुर छन् । उनीहरु पैसा कसरी कमाउने भन्ने बिषयमा निक्कै नै सोच राख्छन् । भविष्यको बारेमा सोचेर नै नायिकाहरुले यो कदम उठाएका हुन् ।’

उनका अनुसार, केही बर्ष पहिलेसम्म चलचित्र निर्माण भएर हलमा मात्र रिलिज हुने गर्दथ्यो । तर, अब चलचित्रको कमाइको आँकडा मात्र बदलिएको छैन रिलिज हुने प्लेटफर्महरु पनि बदलिएका छन् । अतुलका अनुसार, निर्मातालाई स्याटेलाइट, डिजिटल, अडियो, ओभरसिज, ओटीटी लगायतका स्थानबाट पैसा आउने बाटो खुलेको छ ।

आजका नायिकाहरु चलचित्रमा नायकको वरिपरी मात्र घुम्दैनन्, बरु उनीहरु सिंगो चलचित्र नै बोक्ने हिम्मत राख्छन् । विश्लेषक अतुल मोहनका अनुसार, आजकल चलचित्रमा कलाकारको अभिनय र कथा हेरिन्छ ।

यसैले, यस्ता फरक कथामा स्टार नायक–नायिकाले चलचित्र बनाउने निर्णय गर्दा ठूला ठूला निर्माण कम्पनीले साथ दिएका छन् । अनुष्काले चलचित्र बनाउँदा उनलाई जैसिक एरोसले साथ दिएको थियो भने फक्स स्टूडियोले दीपिकाले ‘छपाक’ बनाउँदा साथ दिएको थियो ।

विश्लेषकहरुका अनुसार, नायिकाहरुले अन्य ब्यानरबाट बन्ने चलचित्रमा आफूले चाहेको कथामा काम गर्न पाउँदैनन् । तर, आफूले नै लगानी गर्दा कथा रोज्ने अधिकार निर्मातामा हुन्छ । यसरी कथा रोज्दा उनीहरु आफूले काम गर्न चाहेको फरक कथा रोजिरहेका छन् र उनीहरुलाई ठूला स्टूडियोले साथ दिइरहेका छन् ।

तर, विश्लेषकहरुका अनुसार स्टारले चलचित्र बनाउँदैमा उनीहरुको पारिश्रमिक कम नहुने बताउँछन् । चलचित्र हलमा रिलिज हुँदा र ओटीटीमा रिलिज हुँदा आफ्नैै चलचित्रबाट कती लिने भन्ने निर्णय स्टारहरुले गर्ने गर्दछन् ।

तर, नायिकाहरुले चलचित्र बनाउन थालेको यो ट्रेन्ड नयाँ भने होइन । नायिका फातिमा बेगमले आफ्नो करिअर उर्दु मञ्चबाट सुरु गरेकी थिइन् । नायिका आर्देशिर इरानीले ‘वीर अभिमन्यू’बाट अभिनयमा करिअर सुरु गरेकी थिइन् ।यसपछि, उनले सन् १९३१ म इम्पिरियल कम्पनी सुरु गरिन् र भारतको पहिलो साउन्ड चलचित्र ‘आलम आरा’को निर्माण गरेकी थिइन् ।

सन् १९२८ मा फातिमा बेगमले फात्मा फिल्मस् नामक प्रोडक्शन हाउस संचालन गरेकी थिइ भने नायिका जुबैदाले सन् १९३४ मा महालक्ष्मी सिनेटोन कम्पनी स्थापना गरेकी थिइन् ।हिन्दी चलचित्रको सुरुवातमा कैयौं नायिकाहरुले निर्माता बनेर विभिन्न बिषयमा आफ्नो भनाई राख्ने गरेका थिए ।

तर, पछि विस्तारै यो संख्या घट्दै गयो । इतिहासकार अमृत गंगर यसमा समाजमा बढ्दै गएको पितृसतात्मक सोचलाई कारण मान्छन् । अहिले नायिकाहरु बक्स अफिसलाई आफ्नो काँधमा बोकेर हिड्ने गरेका छन् । यसले, दर्शकले निक्कै रोचक र फरक खालका कथामा चलचित्र हेर्न पाएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.