टिजरमा यस्तो छ ‘चोर र पुलिस’ - Crazysaptahik.com

टिजरमा यस्तो छ ‘चोर र पुलिस’

फिल्म ‘चोर र पुलिस’ ले टिजर ल्याएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ ।

आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतले अभिनय छ ।

फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सहनिर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता रहेका छन् ।

रामेश्वर हुमागाईको छायाँकन, विकास चौधरीको संगीत रहेको फिल्ममा तारा थापा ‘किम्भे’ का सम्पादन छ । मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छ लगायतको बिषय फिल्मले देखाउने निर्देशक आरएल बताउँछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.