अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल - Crazysaptahik.com

अंग्रेजी फिल्म रिलिज गर्दै आजबाट खुले हल

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् । हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ ।

मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन । आजबाट देशभरका हलमा अंग्रेजी चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ रिलिज गरिएको छ ।

यो चलचित्रलाई दर्शकले इन्टरनेटमा हेरिसकेकाले पनि हलमा बाक्लो उपस्थिती नभएको हुनसक्छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले छाया सेन्टर, सिभिल मल, लबिम मल, भक्तपुर र विराटनगर गरी यो चलचित्रलाई १३ शोज दिएको छ । असोज २६ गतेबाट भने दर्शकले हलमा नेपाली चलचित्र ‘डाँडाको वर पीपल’ हेर्न पाउनेछन् ।

सम्बन्धित खवर