सकियो केकीको ‘घिन्ताङ’ - Crazysaptahik.com

सकियो केकीको ‘घिन्ताङ’

फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ ।

फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन् ।

फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भूमिका फिल्ममा रहनेछ ।

राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांँकन रहन्छ । ६० लाखको लागत निर्माण अनुमान गरिएको फिल्म गत वैशाखमै सुरु गर्ने योजना निर्देशक श्रेष्ठको थियो ।

तर कोरोनाको कारण उनको योजना पूरा हुन सकेन । दीपकले ९ वर्षपछि यसै फिल्म मार्फत निर्देशनमा कमब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘घिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँछन् ।

सम्बन्धित खवर