चौथो दिनको खेलमा वडा नं. ७ विजयी, भोलीबाट सेमिफाइनल खेलहरू सुरु हुने - Crazysaptahik.com

चौथो दिनको खेलमा वडा नं. ७ विजयी, भोलीबाट सेमिफाइनल खेलहरू सुरु हुने

क्रेजी संवाददाता
कानेपोखरी । दशैँ तिहार र छठको विशेष अवसर पारेर मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिन शनिबारको खेलमा वडा नं. ७ ले जित हासिल गरेको छ ।

वडा नं. ७ र ६ का बिच भएको खेलको निर्धारित समय भित्र वडा नं. ७ ले ६ लाई १-० अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । बिक्रम लिम्बूले आफ्नो टिमको लागि गरेको १ गोलनै जितको लागि निर्णायक बनेको थियो । जितसँगै वडा नं. ७ सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. ७ का अर्जुन राई घोषित भए । म्यान अफ द म्याचको पुरस्कार रमाईलो गृल उद्योगका संचालक दिपक राईले प्रायोजन गरेका थिए ।
भोली आइतबारबाट सेमिफाइनलका खेलहरू सुरू हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आयोजक रमाइलो युवा परिवार र वडा नं. ३ का बिच खेल हुँदैछ । खेल दिनको ३ बजेबाट सुरू हुने खेल संयोजक अशोक फुयलले जानकारी दिए ।

खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् । खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेल कानेपोखरी ६ रमाइलो स्थित जनसेवा माविको खेल मैदानमा भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.