वडा अध्यक्ष कप फुटबलको फाइनलमा आयोजक र वडा नं. ५ प्रवेश - Crazysaptahik.com

वडा अध्यक्ष कप फुटबलको फाइनलमा आयोजक र वडा नं. ५ प्रवेश

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको “६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता” को फाइनलमा वडा नं. ५ प्रवेश गरेको छ ।

आज सोमबार भएको खेलमा वडा नं. ७ लाई २-१ गोल अन्तरले पछि पार्दै ५ नं. ले फाइनलको यात्रा सुनिश्चित गरेको हो । आज सोमबार फाइनलमा पुग्ने ५ नं. र आइतबारको खेलबाट फाइनलमा पुगेको आयोजक टिम रमाइलो युवा परिवार बिच मंगलबार फुलपातीको दिन फाइनल हुँदैछ ।

५ का लागि डेनि राई र सुजन लिम्बूले समान १-१ गोल गरेका थिए भने ७ का लागि एक मात्र गोल अर्जुन राईले गरेका थिए । सो खेलबाट म्यान अफ दि म्याच विजयी टिमका गोलकर्ता डेनि राईले हात पारे । म्यान अफ द म्याचको पुरस्कार समाजसेवी सुनिल पराजुलीले प्रायोजन गरेका थिए ।

भोलि मंगलबार उपाधीका लागि आयोजक टिम र वडा नं. ५ बिच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम उपाधीका लागि मैदानमा खरो रूपमा उत्रिन सक्ने संभावना प्रवल देखिन्छ ।

खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् । खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेल कानेपोखरी ६ रमाइलो स्थित जनसेवा माविको खेल मैदानमा भइरहेको छ । खेल दिउँसो ठिक २:३० बजेबाट सुरू हुने खेल संयोजक अशोक फुयलले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.