आर्यनसँग जोडिएपछि बयानका लागि एनसीबीको अफिस पुगिन् अनन्या - Crazysaptahik.com

आर्यनसँग जोडिएपछि बयानका लागि एनसीबीको अफिस पुगिन् अनन्या

बलिउड नायिका अनन्या पाण्डे एनसीबीको अफिस पुगेकी छिन् । उनीसँग नारकोटिक्स कन्ट्रोल ब्यूरोका कर्मचारीले सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्यालाई एनसीबीका कर्मचारीले २ बजे अफिसमा बोलाएका थिए । उनी, करिब २ घन्टा ढिलो गरेर एनसीबीको अफिस पुगेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार, आर्यनको ह्वाट्सअप च्याटमा अनन्यासँग कुराकानी भएको भेटिएको छ । अनन्याको फोन एनसीबीका कर्मचारीले कब्जा गरेका छन् । एनसीबी अनन्यासँग आर्यनको कनेक्शन खोजिरहेको छ । अनन्यासँग बलिउडका अन्य कलाकारको ड्रग्स कनेक्शनको बिषयमा पनि प्रश्न सोधिएको मिडियाले उल्लेख गरेका छन् ।

अनन्याले दिने जवाफले आर्यनको समस्या झनै बढ्नेछ । आर्यनको गिरफ्तारीसँग उनको कनेक्शन अनन्या पाण्डेसँग रहेको एनसीबीले फेला पारेको थियो । तर, अनन्यासँग यो बिषयमा सोधपुछ गर्न करिब २० दिन लगाइएको छ ।

सम्बन्धित खवर