मिस पथरीशनिश्चरेका प्रतियोगीहरुलाई ब्युटी सम्वन्धी तालिम - Crazysaptahik.com

मिस पथरीशनिश्चरेका प्रतियोगीहरुलाई ब्युटी सम्वन्धी तालिम

क्रेजी साप्ताहिक
पथरी । प्रथम मिस पथरीशनिश्चरेको प्रतियोगीहरुलाई आइतबार पथरीस्थित निल डेभिड शैलुनमा ब्युटी सम्वन्धी तालिम दिइएको छ । माउन्ट एभरेष्ट इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भइरहेको मिस पथरीशनिश्चरेमा १७ जना युवतीहरुले सो तालिम लिएका थिए ।


बन्द सत्रमा अहिले अस्मी लामा तामाङ, जुनुशा चापागाई, शशी भट्टराई, संजिता लिम्बु, रोमा गुरुङ, रोश्ना राई, पुजन राई, कोपिला राई, अनु तामाङ, प्राग्या ढुंगाना, सन्ध्या बस्नेत, रेजिना राई, सन्ध्या नेपाल, सुस्मिता राई, रिजु भट्टराई र करिष्मा लिम्बु रहेका छन् । आज (सोमबार) कोरियोग्राफर नेमिता आङ्बुहाङले प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । भोलि (मंगलबार) प्रतियोगीहरुलाई लक्ष्मी राईले लैंगिक विभेद सम्वन्धी तालिम दिने आयोजकका प्रवन्ध निर्देशक सुमन कुरुम्बाङले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.