रिहा होलान् त आर्यन खान ? - Crazysaptahik.com

रिहा होलान् त आर्यन खान ?

अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ ।

आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ । खबरका अनुसार बम्बे हाइकोटले आर्यन खानको जमानत याचिका ५७ औँ नम्बरमा सूचीकृत गरेको छ ।

अरबाज मर्चेन्टको जमानत याचिका भने ६४ औँ​ नम्बरमा छ । आर्यनको याचिकाको विषयमा सुनुवाई हुने दिन भएकोले आज शाहरुख र गौरीका लागि महत्वपूर्ण दिन हो ।

हाइकोर्टले आर्यनलाई रिहाई गर्छ वा एनसीबीले उनको विषयमा नयाँ बाधा ल्याउँछ, त्यो भने प्रतीक्षाको विषय हो । यदि आज आर्यनलाई जमानत मिलेन भने उनको मुश्किल झनै बढ्नेछ ।

किनभने अब अदालत अक्टोबर २९ सम्म खुल्नेछ । त्यसपछि शनिबार र आइतबार बिदा छ । त्यसपछि फेरि दीवालीको बिदा सुरु हुन्छ । शनिबार अदालतमा केसको फाइलिङ त हुन्छ । सुनुवाइको फैसला न्यायाधीशले चाहे भने लिन सक्नेछन् ।

यस अगाडि सेशन कोर्टले ४ पटक आर्यनको जमानत रद्द गरिसकेको छ । एनडीपीएस कोर्टले २० अक्टोबरमा उनको जमानत याचिका रद्द गरेको थियो । त्यसपछि आर्यनको वकिल सतीश मानशिन्देको रोवरमा उनको टिम हाईकोर्ट पुगेको हो ।

सम्बन्धित खवर