महंगो रकममा नेपाल भित्रियो ‘सूर्यवंशी’, शुक्रबारदेखि हलमा रिलिज हुने - Crazysaptahik.com

महंगो रकममा नेपाल भित्रियो ‘सूर्यवंशी’, शुक्रबारदेखि हलमा रिलिज हुने

असोजको २१ गतेबाट देशभरका हल संचालनमा आएपनि आशातित चलचित्र रिलिज नहुँदा दर्शक हलसम्म पुग्न सकेका छैनन् । केही नेपाली र हलिउड चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकेको अवस्थामा यतिबेला अधिकांशको ध्यान बलिउड चलचित्र ‘सूर्यवंशी’ माथि छ ।

यो चलचित्र नोभेम्बर ५ बाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा पनि यो चलचित्रले दर्शकलाई हलमा फर्काउने अपेक्षा गरिएको छ । नेपालमा यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने अन्यौल कायमै थियो ।

यसैविच, यो चलचित्रलाई वितरक मनोज राठी र उनको टिमले नेपाल भित्राएको छ । वितरक मनोज राठीले बिहिबारमात्र चलचित्रको नेपाल रिलिजको अधिकार खरिद गरेको जानकारी अनलाइनखबरलाई दिएका छन् ।

उनले, रकम भने खुलाउन चाहेनन् । तर, यो चलचित्रका लागि वितरकले १ करोड भन्दा बढी नेपाली रुपैयाँ खर्च गरेका छन् ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ ।

चलचित्रमा नायकद्धय अजय देवगण र रणवीर सिंहको केमियो भूमिका छ । वितरक राठीले  भने–‘हामीले यतिबेला दर्शकलाई हलसम्म कसरी बोलाउने भन्ने बिषयमा सोच्न जरुरी छ ।

अहिले कुन भाषाको चलचित्र चलाउने भन्दा पनि दर्शकलाई हलसम्म कसरी तान्न सकिन्छ भनेर सोच्नु पर्ने भएकाले महंगो रकम खर्च गरेर हामीले ‘सूर्यवंशी’ खरिद गरेका हौं ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.