कानून व्यवसायीको कुटाकुटबारे दीपकराज लेख्छन्–‘बारको अगाडि रेष्टुरेन्ट थप्ने हो कि ?’ - Crazysaptahik.com

कानून व्यवसायीको कुटाकुटबारे दीपकराज लेख्छन्–‘बारको अगाडि रेष्टुरेन्ट थप्ने हो कि ?’

नेपाल बार एशोसिएसनको परिसरमा दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबिच विवाद हुँदा कुटाकुट भएको हो ।

यही बिषयमा व्यङ्ग्य गर्दै कलाकार तथा निर्माता दीपकराज गिरीले ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् । दीपक लेख्छन्–‘कानून ब्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । जति कुटाकुट गरे पनि भो ।’ समसामयिक बिषयमा दीपकराज गिरी आफ्नो भनाई सार्वजनिक गरिरहेका हुन्छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.