
क्रेजी साप्ताहिक
पथरी । हरेक प्रतियोगिताले व्यक्तिमा नेतृत्व विकास गर्छ नै । अझ भनांै सुन्दरी प्रतियोगिताले नेतृत्व विकासको साथसाथै आफूमा भएको अन्तरनिहित प्रतिभाहरु उजागार गर्छ । यस्तै यस्तै प्रतिभाहरुलाई उजागार गर्न पथरीमा आयोजना भइरहेको छ मिस पथरीशनिश्चरे । मिस पथरीशनिश्चरेमा १६ जना युवतीहरूले विभिन्न तालिमहरु लिइरहेका छन् । प्रतियोगीहरु अस्मी लामा तामाङ, जुनुशा चापागाई, शशी भट्टराई, संजिता लिम्बु, रोमा गुरुङ, रोश्ना राई, पुजन राई, कोपिला राई, अनु तामाङ, प्राग्या ढुंगाना, सन्ध्या बस्नेत, रेजिना राई, सन्ध्या नेपाल, सुस्मिता राई, रिजु भट्टराई, करिष्मा लिम्बु छन् ।
यस प्रतियोगितालाई माउन्ट एभरेष्ट इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा आयोजना भइरहेको हो । आइतबार पथरीमा अवस्थित निल डेभिड शैलुनमा ब्युटी सम्वन्धी तालिम दिइएको थियो । सोमबार कोरियोग्राफर नेमिता आङ्बुहाङले प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । यस्तै मंगलबार प्रतियोगीहरूलाई लक्ष्मी राईले लैंगिक विभेद सम्वन्धी तालिम दिएकी थिइन् ।

नगरमा पहिलो पटक भएको प्रतियोगितामा बिजेतालाई मिस पथरी शनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैयाँ, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ विधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताइएको छ । करिब १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको छ ।

