साउथ फिल्मका अभिनेता पुनित कुमारको गत शुक्रबार निधन भएको छ । ४६ वर्षका पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भएको हो । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले उनलाई मृत घोषित गरेको हो । उनको निधन पश्चात् राज्यका सबै थिएटर बन्द गरिएको थियो । पुनित कुमारको ३१ अक्टुबर अर्थात आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनको शवलाई उनकै बुबा आमाको शव राखिएको ठाउँ नजिक गाडिएको छ । पुनित कुमारको निधनमा थुप्रै हस्तीहरुले शोक ब्यक्त गरेका छन् । पुनितकुमारको निधनले उनको फ्यानलाई ठुलो झड्का लागेको छ ।
उनको निधनबाट दुःखी भएर तीन फ्यानको मृत्यु भएको छ । उनको समाचार सुनेर मृत्यु हुनेमा एक कर्नाटक चामराजनगरका ३० बर्षका मुनियप्पा, बेलगाबी जिल्लाका एक फ्यान रहेका छन् ।
दुबैको हृदयघातका कारण निधन भएको हो । बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आत्महत्या गरेको बलिउड मिडियाले जनाएका छन् । पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए ।
सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’मा देखिएको थियो ।
पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए । पुनित कुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन् ।