सनम रोक्का
कयौं दु:ख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै-यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका ०४ पिङ्डाँडा निवासी छत्रबहादुर विश्वोकर्माका जेठा छोरा लालबहादुर विश्वोकर्मा । २०४७ सालमा संखुवासभा जिल्लाको साविक वाना गाविस वार्ड नं. १ मा जन्मिएका उनि सानैबाट इमान्दार, कर्मठ र मेहेनती स्वाभावका थिए । निकै दु:ख र कष्टमा हुर्केका उनले औपचारिक शिक्षा भने कक्षा ९ सम्म मात्र हासिल गरेका छ्न ।
परिवारको सम्पूर्ण अवस्था देख्दैँ परिपक्व भएका लालबहादुर परिवारको खुसीका लागि २० बर्षको कलिलो उमेरमा परदेश मलेसिया लागे । परदेश लागेको दुई बर्षसम्म त सम्पर्क हुन्थ्यो, त्यसपछी अहिलेसम्म न फोन सम्पर्क छ, न अत्तोपत्तो भन्दैँ दुखेसो पोख्छ्न बुबा छत्रबहादुर । उनी भन्छ्न ”आज आउँछ कि भोलि आउँछ भनी पर्खिदाँ, पर्खिदाँ ११ वर्ष बितिसकेछ, आफुले चिने जानेको सबैसँग बुझिसँके तर पत्ता लागेन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो ” ।
२०६७ साल असार ८ गते पैसा कमाएर परिवारमा गरिबीले गुम्दैँ गरेको खुसी फर्काएर ल्याउँछु भन्दै परदेशिएको छोरोले ल्याउने खुसिको त कुरा त छौडौं, अहिलेसम्म आफैं फर्किएन । अहिले त कस्तो भयो होला, देख्न नपाएको नि ११ वर्ष भइसकेछ, भन्दैँ मलिन अनुहार पार्छिन् लालबहादुरकि आमा हरिमाया विश्वोकर्मा ।
कलिलो उमेरमै ४ बर्षसम्म जनमुक्ति सेनामा होमिएको एक युवाले देश, समाज र परिवारलाई यति सारो चट्क्कै माया मारेको देख्दा पत्याउन गाह्रो लाग्छ, कतै विदेशी भूमीमा असहज परिस्थितिको सामना पो गरिरहेका छ कि भनेर हरसमय पिरोलिरहन्छ भन्छ्न उनका बुबा छ्त्रबहादुर।
मलेसियाको जोहोरबारू स्थित जेसिवाइ कम्पनीमा काम गर्न भनी पाँचखपन नगरपालिका, संखुवासभाका प्रेम श्रेष्ठको मार्फत विदेश गएर लालबहादुर अहिलेसम्म नफँर्कदा परिवारमा चिन्ता बढेको छ । उनको परिवारले देखे, भेटे खबर गरिदिनुहुन सम्पूर्ण देश तथा विदेश रहनुभएका नेपालीहरू समक्ष अनुरोध गरेका छन ।
साविक वाना गाविसको वार्ड नं. १ हालको पाँचखपन नगरपालिका-०६ बाट २०६६ सालमा बसाइँ सरी अहिले मोरङ कानेपोखरी-०४ स्थित पिङडाँडामा बसोबास गरिरहेका छ्न ।
परिवारको सम्पर्क नं.९८११०६३८३५ र ९८२३३७९६८२
लालबहादुरका बुबा छत्रबहादुर विश्वोकर्मा:-