विक्की–कट्रिनाको विवाहका लागि सलमानले रोके ‘टाइगर ३’को सुटिङ - Crazysaptahik.com

विक्की–कट्रिनाको विवाहका लागि सलमानले रोके ‘टाइगर ३’को सुटिङ

पछिल्लो समय ‘स्टार कपल’ विक्की कौशल र कटरिना कैफको विवाहको चर्चाले बलिउड तातेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेका छन् । डिसेम्बरमा विवाह गर्न लागेको यो जोडीले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ ।

विवाहको तयारीमा व्यस्त विक्की र कटरिनाले अहिले कामबाट ब्रेक लिएका छन् । यसैबीच बलिउड सुपस्टार सलमान खानले पनि विक्की र कटरिनाको विवाहलाई मध्यनजर गर्दै आफ्नो आगामी चलचित्र ‘टाइगर ३’को छायाँकन स्थगित गरेका छन् । उक्त चलचित्रमा कटरिनाले सलमानको अपोजिटमा अभिनय गर्दैछिन् । सलमानले ‘टाइगर ३’को छायाँकन जनवरीका लागि ‘रि–सेड्युल’ गरेका छन् ।

सम्बन्धित खवर