‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती - Crazysaptahik.com

‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती

नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ ।

यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी दिएकी छन् । चलचित्रको ६० प्रतिशत दृश्यको छायांकन सिक्किममै हुनेछ ।चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका छ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको ‘बाबरी’ अदितीका लागि महत्वकांक्षी मानिएको छ । उनको होम प्रोडक्सनमै निर्माण भइरहेको चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

सम्बन्धित खवर