
फिल्म ‘बुलाकी’ यतिबेला डोल्पाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । फिल्म छायाँकनका लागि अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का सहितको टोली अघिल्लो साता डोल्पा पुगेको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार रहेका छन् ।
अभिनेत्री पन्तले सामाजिक संजाल मार्फत डोल्पाको बिभिन्न तस्बिरहरु सार्वजनिक गरिरहेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा डोल्पाका स्थानिय समेत देख्न सकिन्छ । फिल्ममा सुरक्षा र नरेनको अलवा विराज विष्ट, प्रेमदेव गिरी, सुशिल पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा लगायतको अभिनय रहनेछ। राजबहादुर सानेको कथा, शिव ढकालको छायाँकन रहेको फिल्म कला र मनोरञ्जनको सम्मिश्रण रहेको बताइएको छ ।


