‘आरआरआर’सँग नभिड्ने भयो आलियाको ‘गांगुबाई काठियावाडी’ - Crazysaptahik.com

‘आरआरआर’सँग नभिड्ने भयो आलियाको ‘गांगुबाई काठियावाडी’

सन् २०२२ को जनवरी ७ मा साउथ चलचित्र ‘आरआरआर’ रिलिज हुँदैछ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

यही मितिमा निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘गांगुबाई काठियावाडी’ पनि रिलिज हुने पक्का भएको थियो । यो चलचित्रमा नायिका आलिया भट्ट शीर्ष भूमिकामा छिन् । तर, भन्सालीले ‘आरआरआर’सँगको भिडन्तलाई टारेका छन् ।

यो चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारिएको छ । अब यो चलचित्र सन् २०२२ को फेब्रुअरी १८ तारिखमा रिलिज हुने भएको छ । निर्माणपक्षले विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताएको छ । बलिउडमा सञ्जयलीला भन्साली र साउथमा एसएस राजमौली ऐतिहासिक कथामा चलचित्र निर्देशन गर्न माहिर मानिन्छन् ।

सम्बन्धित खवर