२-३ गोल अन्तरले नवलपरासीलाई हराउँदै इटहरी भेट्रानस सेमिफाइनल प्रवेश - Crazysaptahik.com

२-३ गोल अन्तरले नवलपरासीलाई हराउँदै इटहरी भेट्रानस सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ ।

बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलले विजय हुर्दै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको ३० औं मिनेटमा १ गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका सुकलाल तामाङले खेलको ३३ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए । त्यस्तै खेलको ४४ औं मिनेटमा अभिषेक चर्च राझर नवलपरासीका गोल रक्षकले आफ्नो पोष्ट छेउमा आएको बल बचाउ गर्न हानेको बल आफ्नै खेलाडीको खुट्टामा ठोक्कीएर आत्माघाती गोल भएको थियो ।

त्यस्तै हाम्रो इटहरीका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले खेलको ४९ मिनेटमा प्लान्टी सुट मार्फट १ गोल लगाएका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका याम बहादुर आलेले खेलको ५४ औं मिनेटमा १ गोल थप्दै २–३ गोलको अन्तरले खेल समाप्त भएको थियो ।

खेलको म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रानस एफसीका दिवश राई घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । युवा व्यवसायी सईकुमार तामाङले खेलाडीको खेल मनपराएर अभिषेक चर्च राझर नवलपरासीका खेलाडीलाई २ हजार नगद पुरस्कार दिएका थिए ।

भोली बिहिबार देखी सेमिफाइनल खेल हुने छ । सेमिफाइनल खेलमा आयोजक जहदा र विर्तामोड भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए ।

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ । जसअन्तर्गत भेट्रानस टिमहरू धरान, इटहरी, विराटनगर, नपलपरासी, दमक, बिर्तामोड, एभरेष्ट मोरङ, जहदा भेट्रानस रहेका छ्न । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा कार्तिक २८ गते उद्घाटनसँगै सुरु भएको खेल मंसिर ५ गतेसम्म चल्नेछ । खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.