बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन ।
‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै आगामी डिसेम्बर २४ देखि ओटीटीमा स्ट्रिमिङ हुने जानकारी दिएको छ ।