समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते’ले बक्स अफिसमा कमजोर सुरुवात गरेको छ । यो चलचित्रले बक्स अफिसमा बिहिबार ८ देखि १० करोडको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो ।
तर, चलचित्रको बिहिबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाई गरेको छ । चलचित्रको व्यापार मल्टिप्लेक्स हलहरुमा कमजोर छ ।
सिंगल हलमा यो चलचित्रको व्यापार मल्टिप्लेक्सको तुलनामा केही राम्रो भएपनि बलियो भने नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्रले आजबाट नायक सलमान खान अभिनित चलचित्र ‘अन्तिम’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । यसैले, पनि जोनको तिन वटा चरित्र रहेको चलचित्रको व्यापार उकासिने अपेक्षा कमै मात्र गर्न सकिन्छ ।
ट्रेलर र गीतले राम्रो हाइप कमाएपनि व्यापार भने कमजोर हुँदा बलिउड विश्लेषक तथा प्रदर्शकहरु नै अचम्ममा परेका छन् ।