तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान : कानेपोखरी प्रदेशकै उत्कृष्ट डोजाङ्ग - Crazysaptahik.com

तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान : कानेपोखरी प्रदेशकै उत्कृष्ट डोजाङ्ग

क्रेजी संवाददाता
विराटनगर । आईटीएफ तेक्वाण्डोका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । प्रदेश १ आईटीएफ तेक्वाण्डो संघको २० औँ वार्षिक उत्सवको अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन ।

पुरस्कृत एवं सम्मानित हुने उत्कृष्ट खेलाडीमा पुरुषतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बू रहेका छन। त्यस्तै आईटीएफ तेक्वाण्डोमा मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित भएका हुन् ।

आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ । मोरङको कानेपोखरी डोजाङ्गलाई पनि उत्कृष्ट घोषित गर्दै सम्मान एवं पुरस्कृत गरिएको छ ।

उत्कृष्ट प्रशिक्षक, खेलाडी, जिल्ला र डोजाङ्गलाई मुख्यमन्त्री राईले नगद ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारसँग बजेट अभाव रहे पनि खेलकुदको विकासका लागि योजना बनाएरै अघि बढ्ने बताए ।

आईटीएफ तेक्वाण्डो संघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रवीण कार्कीले खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।

 

सम्बन्धित खवर