
अभिनेत्री नम्रता सापकोटा यतिबेला नागर्जुनस्थित ओशो तपोवनमा छिन् । ओशो तपोवनमा उनी शुक्रबार पुगेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै गाएकी थिइन् । ‘प्रेम लक्ष्य हो, जीवन यात्रा हो’ तस्बिरका साथ लेखेकी छन् ।
तस्बिरमा उनको हातमा एउटा पुस्तक समेत देख्न सकिन्छ । जसको आवरणमा ओशोको तस्बिर छ । उनले रातो पहिरन लगाएकी छन् । पहिरनबाट उनी ध्यानका लागि तपोवन पुगेको अनुमान गर्न सकिन्छ । त्यस्तै आइतबार फेरि उनको फेसबुकमा नयाँ तस्बिर आएको छ ।
तस्बिर अभिनेत्री सोभिता सिंखडाले शेयर गर्दै पोष्ट गरेकी हुन् । तस्बिरका साथ सोभिताले लेखेकी छन् ‘ ‘ओशा परिवारमा स्वागत छ ।’ सिंखडाको पोस्टमा धेरैले सापकोटालाई बर्धाइ दिएका छन् ।
अभिनेत्री सापकोटा पछिल्लो समय फिल्म तथा म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् । उनी केही पहिले अविवाहित आमा बन्ने विचार ब्यक्त गरेर चर्चामा छाएकी थिइन् ।


