गरिमा भन्छिन्– समीक्षासँग मेरो केही लफडा छैन - Crazysaptahik.com

गरिमा भन्छिन्– समीक्षासँग मेरो केही लफडा छैन

अहिलेकी व्यस्त मोडल गरिमा शर्माका विषयमा म्युजिक भिडियोको क्षेत्रमा विभिन्न चर्चा परिचर्चा हुने गर्छन् । विभिन्न कारणले उनलाई कहिलेकाहीं विवादमा पनि ल्याउने गरेको छ ।  कहिले नायक पल शाहसँगको सम्बन्धको चर्चा त कहिले दुर्गेश थापासँगको टिकटक लाइभका कारण पनि उनी विवादमा आइन् ।

म्युजिक भिडियो बजारमा फेरि अर्को एउटा चर्चा चलेको छ, मोडल गरिमा शर्मा र गायिका समीक्षा अधिकारीबीच सम्बन्ध राम्रो छैन भनेर । उनीहरुबीच बोलचाल नै नभएको, झगडा भएको जस्तो चर्चा भिडियो बजारमा खुबै सुनिएको छ ।

केही समययता चलिरहेको यो चर्चाको विषयमा गरिमा पनि जानकार छिन् । उनी भन्छिन्, ‘मैले यो चर्चा सुनेकी छु । तर, किन यस्तो हल्ला चलेको छ मलाई थाहा छैन ।’ गरिमाले आफू र समीक्षाबीच सम्बन्ध नराम्रो भएको भन्ने खबरको खण्डन गरिन् ।

उनले भनिन्, ‘म तपाईंलाई समीक्षा नानुसँग भएको कुराकानीको अडियो पनि सुनाइदिन सक्छु । हामी त च्याटमा पनि खुबै कुरा गर्छौं । खै, कसले यस्तो हल्ला चलायो म पनि छक्क परेको छु ।’

म्युजिक भिडियो बजारमा मोडल गरिमा र गायिका समीक्षाको नाम नायक तथा मोडल पल शाहसँग जोडिएकाले पनि उनीहरुबीचको तिक्तताको खबर चलेको जानकारहरु बताउँछन् । तर, गरिमाले समीक्षा आफ्नो बहिनी जस्तो भएको भन्दै उनीसँग कहिले पनि सम्बन्ध नबिग्रिएको बताएकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.