सकियो ‘सिल्ली फो’ छायाङ्कन - Crazysaptahik.com

सकियो ‘सिल्ली फो’ छायाङ्कन

फिल्म ‘सिल्ली फो’ को छायाङ्कन सकिएको छ । नेपालगञ्ज आसपासका स्थानमा छायाङ्कन भएको फिल्ममा केकी अधिकारीको मुख्य भूमिका छ । कमेडी जनरामा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन् ।

फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल,अनिता लामिछाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायाङ्कन, तारा थापा ‘किम्भे’ को सम्पादन रहनेछ ।

सम्बन्धित खवर