अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण - Crazysaptahik.com

अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण

अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन्

‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् । फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् ।

विगत लामो समयदेखि मुम्बई बसेर मोडलिङ समेत अगाडि बढाइरहेकी बुढाथोकीले अनमोल केसी अभिनित फिल्म ‘कृ’ बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् । हिन्दीसँगै पञ्जाबी गीतमा समेत अभिनय गरेकी उनको ‘बाबरी’ दोस्रो फिल्म हो । फिल्ममा धिरज मगर र धिरज टोटलानीसँगको रोमान्समा उनी देखिँदैछिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.