मुक्तक, देशभक्तका नाममा -लक्ष्मी प्रसाद फुयाल - Crazysaptahik.com

मुक्तक, देशभक्तका नाममा -लक्ष्मी प्रसाद फुयाल

देशभक्तका – नाममा

शिक्षकले बिद्यार्थी पढाउँछन् गुगलमै खोजेर
बिद्यार्थी उत्तर लेखी ल्याउँछन् गुगलमै खोजेर
न शिक्षक पुर्वतयारी न बिध्यार्थीले बुक पढ्ने
परिक्षामा जवाफ पठाउँछन् गुगलमै खोजेर ।।

देशमा सिप, शिक्षा र संस्कृति सवै खस्केर गयो
सवै स्वार्थमा रम्दा आपसी सम्वन्ध धस्केर गयो
नेता देशको हित छोडि व्यक्तिगत स्वार्थमा रम्दा
निर्दयी वैरि आई तुच्छ एम सी सी पस्केर गयो ।।

नेताले धर्म, रिती मास्न होलिवाइन पिएर छोडे
भ्रष्टले विकास निर्माणमा कमिसन लिएर छोडे
देशद्रोही हरुको हरकत देख्दा एम सी सी कान्ड
देशको सम्प्रभुता भुलेर प्रमिसन दिएर छोडे ।।

जनताले राष्ट्रघाती सम्झौता गर्नहुन्न भन्दा सुनेनौ किन
देशभक्त नेताले धुर्तको चालमा पर्नहुन्न! भनेनौ किन
भ्रष्टाचारीले एउटै बिषयमा देश र जनता अल्मल्याये
बेईमान!तिमिले चै पछि सर्नहुन्न? जनता गनेनौ किन ।।
लक्ष्मी प्रसाद फुयाल
पथरी शनिश्चरे मोरङ
२०७८–९–१६

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.