दुबई पुगेर छुल्ठिमले भनिन्– राम्रो चिज जहिले सिंगल हुन्छ - Crazysaptahik.com

दुबई पुगेर छुल्ठिमले भनिन्– राम्रो चिज जहिले सिंगल हुन्छ

चलचित्र  ‘नोभेम्बर रेन’मा काम गरेपछि अभिनेत्री तथा मोडल छुल्ठिम गुरुङ ‘डल्ली’ उपनामबाट चर्चित भइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले दर्शक र समीक्षकबाट प्रशंसा पायो । यसपछि छुल्ठिम चलचित्र क्षेत्रमा जम्ने धेरैको विश्वास थियो ।

तर, उनले सोचे जस्तो भएन । अर्को चलचित्र ‘डायरी’पछि छुल्ठिमको करिअर उकालो लाग्न सकेन । यसपछि केही चलचित्रमा काम गर्नुबाहेक उनको करिअरमा त्यस्तो सुखद् पक्ष केही पनि छैन ।

छुल्ठिमले चलचित्र र म्युजिक भिडियोमा फाट्टफुट्ट काम गरेपनि उनको करिअरमा कुनै फाइदा भएको छैन । गायक धिरज राईसँगको वैवाहिक जीवन टुंगिएपछि छुल्ठिम सिंगल छिन् । यसैबीच छुल्ठिमले राम्रो चिज जहिले पनि सिंगल नै हुन्छ भनेर बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राम्रो चिज जहिले सिंगल नै हुन्छ । जस्तै कि, आकाशको चन्द्र र धर्तीको म ।’छुल्ठिम यतिबेला दुबई पुगेकी छन् । दुबई पुगेर उनले आफूलाई चन्द्रमासँग तुलना गरेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.