
पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायिकाहरु अस्मिता अधिकारी र रचना रिमाल एकसाथ स्टेजमा गुञ्जने भएका छन् । पुस २४ गते धरानमा आयोजना हुन लागेको ‘मनोरञ्जन धमाका २०२२’मा अस्मिता र रचनाले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
कार्यक्रममा गायक एकदेव लिम्बु लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको छ । कार्यक्रम धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे ५ बजे शुरु हुनेछ ।
कार्यक्रममा सहभागी हुने दर्शकले दुई सय रुपैयाँको टिकट काट्नुपर्नेछ । अस्मिता र रचना स्टेज कार्यक्रममा पनि सर्वाधिक व्यस्त गायिकाको रुपमा चिनिन्छन् । देशभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुने क्रम बढेपछि उनीहरुको पनि व्यस्तता बढेको छ ।


