वर्षाले राखिन् सञ्जोगसँगका तस्वीर, स्टोरीमा भिडियो पनि - Crazysaptahik.com

वर्षाले राखिन् सञ्जोगसँगका तस्वीर, स्टोरीमा भिडियो पनि

अभिनेत्री वर्षा राउतले आफ्ना पति एवं अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालासँगको सबै तस्वीर इन्स्टाग्रामबाट हटाएको विषयमा मंगलबार अनलाइखबरले समाचार प्रकाशन गरेको थियो ।

समाचार सार्वजनिक भएसँगै वर्षाले फेरि सञ्जोगसँगका केही तस्वीर इन्स्टाग्राममा राखेकी छन् । उनले सञ्जोगसँग झगडा परेको बेलामा आफूले अर्काइभमा फोटो राखेको प्रतिक्रिया दिएकी थिइन् ।

वर्षाले सामाजिक सञ्जालमा तस्वीर मात्र होइन, सञ्जोगको भिडियो पनि स्टोरीमा राखेकी छन् । उनले सञ्जोगको खुशी हुँदै गरेको भिडियो खिचेर स्टोरीमा पोष्ट गरेकी छन् ।

वर्षाले सञ्जोगका तस्वीर हटाएको समाचार सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुले विभिन्न खालका अड्कलबाजी लगाउन थालेका थिए । वर्षाले फोटो आफूले नहटाएको र सम्बन्धमा चिसोपना नआएको सन्देश आफ्ना फ्यानलाई दिन खोजेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.