बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा - Crazysaptahik.com

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्चाइरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ अब ओटीटी प्लेटफर्ममा पनि आउने भएको छ । साउथ सुपरस्टार अल्लु अर्जुनको एक्सन थ्रिलर यो चलचित्र यही जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सुकुमारद्वारा लिखित तथा निर्देशित तेलुगू चलचित्र ‘पुष्पा’मा अल्लु अर्जुनको जोडीको रुपमा अभिनेत्री रश्मीका मन्दानाले अभिनय गरेकी छन् । प्राइम भिडियोमा यो चलचित्र हिन्दी र तेलुगू भाषाका अलावा तमिल, मलयालम र कन्नड भाषामा पनि उपलब्ध हुनेछ ।

चलचित्र ओटीटीमा रिलिज हुने खबरसँगै अभिनेता अल्लु अर्जुनले खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मैले जब स्क्रिप्ट पढें, तत्कालै मन परिहाल्यो । ‘पुष्पा’को एक हिस्सा बन्न पाएकोमा आफूलाई सम्मानित महसुस गरेको छु ।

अब झनै रोमाञ्चित यसकारण भएको छु कि अब यो फिल्म प्राइम भिडियो मार्फत विश्वभरका दर्शकमाझ पुग्ने छ ।’ गत डिसेम्बर १७ देखि सिनेमा हलमा प्रदर्शन भइरहेको ‘पुष्पा’ले हालसम्म बक्स अफिसमा ३०० करोड भारुमाथिको कमाइ गरिसकेको छ ।

सम्बन्धित खवर