‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर - Crazysaptahik.com

‘८३’ असफल भएपछि बायोपिकबाट तर्सिए रणवीर

बलिउड अभिनेता रणवीर सिंहले अभिनय गरेको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेन । दुई सय करोडमा बनेको कविर सिंह निर्देशित यो चलचित्र बक्स अफिसमा सय करोड कमाउन पनि संघर्षरत छ ।

चलचित्रको समीक्षा सकारात्मक आएपनि बक्स अफिसमा दर्शकले रुचाएनन् । यो चलचित्र भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देवको बायोपिकमा तयार भएको हो । चलचित्रमा रणवीरले कपिल देवको भूमिका निर्वाह गरेका छन् ।

तर चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिएपछि रणवीरलाई बायोपिक चलचित्रमा काम गर्ने मन मरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरलाई करिब आधा दर्जन बायोपिक चलचित्रका कथा अफर आएको छ ।

तर, उनी अब बायोपिकमा काम गरेर जोखिम मोल्ने पक्षमा छैनन् । उनले सबै चलचित्रको अफर अस्वीकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सम्बन्धित खवर