७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’ - Crazysaptahik.com

७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’

गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् । गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै जितभन्दा कम छैन ।

नेटफ्लिक्सको कोरियन ड्रामा सिरिज ‘स्क्विड गेम’ ले दर्शकको निकै वाहवाही बटुल्यो । प्रशंसकले यो शोलाई अत्यधिक प्रेम दिए । कार्यक्रममा उनले एक खिलाडीको भूमिका निर्वाह गरेका थिए ।  सिरिजमा उनले सपोर्टिङ रोलमा बसेर दमदार अभिनय गरे र धेरैको मन जित्न सफल भए अवार्ड जितेपछि उनले उक्त सिरिजले आफ्नो जीवन फेरिदिएको बताएका छन् ।

अभिनेताले भनेका छन्, ‘यस्तो लागिरहेको छ कि अहिले म हावामा उडिरहेको छु र मलाई साधारण हुन अलि समय लाग्नेछ ।’ यतिमात्रै होइन, अभिनेताका अनुसार उनलाई अति नै धेरै मानिसहरुले सम्पर्क बनाउने कोसिस गरिरहेका छन् ।

आफूसँग यी सबै कुरा हेरिदिने म्यानेजर नभएकोले सबैको मेसेज र फोन सम्हाल्न मुश्किल भएको उनले बताए । एक अन्तरवार्ताका बेला ओ यंग सूले दिएको जानकारी अनुसार हाल उनकी छोरीले यी सबै कुरा म्यानेज गरिरहेकी छिन् । ओ यियोङ्ग सूको यो सफलताले उनको जीवनमा अत्यधिक खुसी ल्याएको छ ।

यसका साथै उनको जीवनमा चुनौती पनि थपिएको छ । अभिनेता भन्छन्, ‘अब मैले कतै निस्कनु अघि आफ्नो लुकका ध्यान दिनुपर्ने भएको छ । मलाई मानिसहरुले जज नगरुन् भनेर यस्तो गर्नुपरेको छ । चर्चित हुँदा पनि मुश्किल छ ।’ अभिनेताले आफ्नो क्षमता प्रमाणित गरिदिइसकेका छ र सफलता जुनसुकै उमेरमा पनि हासिल गर्न सकिने उदाहरण पेश गरिसकेका छन् ।

सम्बन्धित खवर