मधुसुदनको फिल्ममा आर्यन फाइनल - Crazysaptahik.com

मधुसुदनको फिल्ममा आर्यन फाइनल

आरआर फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । आर्यन र निर्माण टिमबीच सोमबार चलचित्रका लागि सम्झौता भएको हो । हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् ।

चलचित्रलाई एक्सन र लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको निर्देशक भट्टराईले जानकारी दिए । भट्टराई चलचित्र ‘हामी तीन भाइ’ पनि निर्देशन गर्ने तयारीमा छन् ।‘हामी तीन भाइ’को छायांकन सकिएपछि आर्यनसँगको चलचित्रको काम शुरु हुने उनले बताए । ‘हामी यो चलचित्रको सम्पूर्ण छायांकन युरोपमा गर्दैछौं ।

चलचित्रका लागि नायिका र अन्य कलाकार केही दिनमा नै फाइनल हुनेछन्,’ उनले भने ।यसअघि चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सकाइसकेका आर्यनले कविराज गहतराजको निर्देशनमा बन्ने चलचित्र ‘मिरर’ पनि साइन गरेका छन् । एक दशक अगाडिसम्म चलचित्र क्षेत्रमा राज गरेका आर्यनको स्टारडम केही वर्षयता भने खस्किएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.