अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो - Crazysaptahik.com

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् ।

मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ । मार्च १८ का लागि अभिनेता अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा अक्षय फरक गेटअपमा देखिएका छन् । यसअघि पहिलो चरणको कोरोनापछि अक्षयले नै चलचित्र ‘बेल बटम’ रिलिज गर्ने हिम्मत गरेका थिए ।

दोस्रो चरणको कोरोनापछि अक्षयको चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसलाई चलायमान बनाएको थियो भने तेस्रो चरणको लकडाउनपछि पनि अक्षय नै अगाडि सरेका छन् । साजिद नाडियाडवालाको निर्माणमा तयार भएको यो चलचित्रमा फरहाद साम्जीको निर्देशन छ । चलचित्रमा अक्षयलाई अभिनेत्री कृति सेननले साथ दिएकी छन् ।

सम्बन्धित खवर