सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन - Crazysaptahik.com

सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन

बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो ।

उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला सेलिब्रिटीसँग काम गरेका थिए ।

अरुण वर्माका साथीले दिए जानकारीः

कवि उदय दहियाले फेसबुक अकाउन्टमा अरुण वर्माको निधनको जानकारी दिएका थिए । उनले लेखे, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ ।

भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् । ’ अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए । थिएटरसँग अरुण वर्मालाई निकै लगाव थियो ।

सम्बन्धित खवर