‘आरआरआर’को नयाँ रिलिज मिति : मार्च १८ वा अप्रिल २८ - Crazysaptahik.com

‘आरआरआर’को नयाँ रिलिज मिति : मार्च १८ वा अप्रिल २८


जनवरी ७ बाट पछि सरेको साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले शुक्रबार चलचित्रको दुईवटा प्रदर्शन मिति तय गरेको छ । एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई भारतमा कोरोना संक्रमण दर कम भएर सिनेमा हल खुलेको खण्डमा मार्च १८ लाई मिति तोकिएको छ ।

तर, त्यसबेला हल नखुलेमा भने अप्रिल २८ मा चलचित्र रिलिज गर्ने घोषणा गरिएको छ । यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको अभिनय छ । यस्तै, साउथको अर्को प्रतिक्षित चलचित्र ‘केजीएफ २’ भने अप्रिल १४ को तारिखबाट रिलिज हुने पक्का भइसकेको छ ।

सम्बन्धित खवर