गर्भवती पत्नीसँगको तस्वीर पोस्ट गर्दै आदित्यले भने– सन्तानको स्वागतका लागि आतुर छौं - Crazysaptahik.com

गर्भवती पत्नीसँगको तस्वीर पोस्ट गर्दै आदित्यले भने– सन्तानको स्वागतका लागि आतुर छौं

टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।तस्वीरमा आदित्य सोफामा बसेर श्वेतालाई अंकमाल गरिरहेको देखिन्छ ।

आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो तस्वीर शेयर गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । हामी चाँडै नै आफ्नो पहिलो बच्चालाई स्वागत गर्दैछौं ।’ आदित्य र श्वेताबीच सन् २०२० डिसेम्बरमा विवाह भएको थियो । विवाहअघि श्वेता चलचित्रमा काम गर्थिन् ।

उनले राघवेन्द्र, तन्दुरी लभ, शापित लगायतका चलचित्रमा अभिनय गरेकी छन् । आदित्य नारायण भने विशेषगरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् । बाबु–आमा बन्न लागेकोमा आदित्य र श्वेतालाई प्रशंसकहरुले बधाई दिइरहेका छन् ।

सम्बन्धित खवर