फेरि विवादमा कार्तिक आर्यन - Crazysaptahik.com

फेरि विवादमा कार्तिक आर्यन

बलिउड अभिनेता कार्तिक आर्यन फेरि एकपटक विवादमा परेका छन् । कार्तिक केही समयअघि निर्माता करण जोहरसँगको विवादका कारण चर्चामा थिए । करणले कार्तिकसँग अब काम नगर्ने निर्णय पनि लिइसकेका छन् । कार्तिकलाई अर्का एक निर्माताले पनि अव्यावसायिक भनेका छन् ।

कार्तिक साउथको चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रका निर्माता मनिष शाहले कार्तिकले चलचित्र छाड्ने धम्की दिएको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले कार्तिक आर्यनलाई ‘अव्यावसायिक’ समेत भनेका छन् ।

साउथका स्टार अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ जनवरी २६ तारिखबाट हिन्दी भर्सनमा रिलिज गर्ने तयारी गरिएको थियो ।यदि हिन्दी भर्सनमा चलचित्र रिलिज भएको खण्डमा आर्यनले चलचित्र नै छाडिदिने धम्की मेकरलाई दिए ।

यदि कार्तिकले चलचित्र छाडेको भए ‘शहजादा’को मेकरलाई ४० करोड घाटा लाग्ने पक्का थियो । निर्माता मनिष शाहले कार्तिकको यो व्यवहारलाई अव्यावसायिक भन्दै आलोचना गरेका छन् ।

‘शहजादा’का निर्माता पनि ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भर्सनमा रिलिज हुँदा रिमेकलाई व्यावसायिक रुपमा घाटा लाग्ने सोचमा थिए । चलचित्रको हिन्दी भर्सन हलमा रिलिज नहुँदा मनिष शाह र उनको टिमलाई २० करोड घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खवर