मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह - Crazysaptahik.com

मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । मौनीले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट करिअर शुरु गरेकी थिइन् ।

उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर चलचित्र ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् ।  सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् । विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् ।

सम्बन्धित खवर