स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज - Crazysaptahik.com

स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ ।

अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् ।

केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो । आइटममा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।

गीतमा निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र जसिता गुरुङको तस्बिर समेत देखिएको थियो । भिडियो विवाद भएपछि फोटो भने अहिले हटाइएको छ ।

केरलाबाट नेपाल आउने तीन पात्रको कथामा निर्माण भएको फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.