जब शाहरुखको घरमा मदिरा सेवन गरेर पुगे कपिल शर्मा‘ - Crazysaptahik.com

जब शाहरुखको घरमा मदिरा सेवन गरेर पुगे कपिल शर्मा‘

कलाकार तथा कमेडियन कपिल शर्मा ओटीटी प्लेटफर्म नेटफ्लिक्सको नयाँ शो ‘स्टेण्डअप कपिल शर्माः आई एम नट डन एट’ मार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् । उनले यो शोमा आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाइरहेका छन् । कपिलले बलिउड अभिनेता शाहरुख खानको घरमा मदिरा सेवन गरेर पुगेको विषयमा पनि रोचक किस्सा सुनाएका छन् ।

कपिलका अनुसार उनको घरमा उनकी भतिजी आएकी थिइन् । भतिजीले शाहरुखको घर मन्नत हेर्ने चाहना राखेपछि कपिलले उनलाई मन्नत लिएर गएका थिए । उनले सुनाए, ‘मैले मदिरा सेवन गरेको थिएँ । मैले भतिजीको इच्छा पूरा गर्ने उद्देश्यले गाडीमा राखेर उनलाई मन्नतसम्म लिएर गएँ । शाहरुखको घरमा पार्टी चलिरहेकाले गेट खुल्ला नै थियो । सेक्युरिटी गार्डले पनि मलाई देखेपछि भित्र प्रवेश गर्न दिए ।

जब म मन्नतको भित्र पुगें, मलाई आफूले राम्रो काम नगरेको महसुस भयो । त्यसै बेला शाहरुखकी म्यानेजर आइन् र मलाई पार्टी हलमा लिएर गइन् । त्यतिबेला रातको ३ बजेको थियो ।’कपिलले अगाडि भने, ‘मैले कपडा पनि राम्रो लगाएको थिइनँ । म मदिराले मातिएको थिएँ । जब पार्टी हलको ढोका खुल्यो, मैले गौरी खानलाई देखें ।

उनले मलाई हेल्लो भनिन् र शाहरुख अर्को कोठामा भएको जवाफ दिइन् । शाहरुख अर्को कोठामा नाचिरहेका थिए ।’कपिलले आफू शाहरुखको छेउमा पुगेर उनीसँग माफी मागेको बताए । तर शाहरुख आफ्नो कुरा सुनेर नरिसाएको पनि कपिलले बताए ।

उनले सुनाए, ‘शाहरुख र म लामो समयसम्म डान्समा रमायौं । बाहिर निस्कने बेलामा शाहरुख मलाई गेटसम्म छाड्न आएका थिए । उनका सबै स्टाफले मसँग तस्वीर खिचाएका थिए ।’

सम्बन्धित खवर