पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या - Crazysaptahik.com

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् । क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस्’ भनेर लेखेको सीएनएनले जनाएको छ ।

अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चलाएकी क्रिस्ट वकिल समेत हुन् । यसबाहेक उनी ह्वाइट कलर ग्लाम नामक फेसन ब्लग समेत सञ्चालन गर्दै आएकी थिइन्। साथै, उनले मनोरञ्जनात्मक न्युज साइट एक्ट्राटिभीमा समेत संवाददाताको रुपमा काम गरेकी थिइन्।

सम्बन्धित खवर