पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या - Crazysaptahik.com

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् । क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस्’ भनेर लेखेको सीएनएनले जनाएको छ ।

अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चलाएकी क्रिस्ट वकिल समेत हुन् । यसबाहेक उनी ह्वाइट कलर ग्लाम नामक फेसन ब्लग समेत सञ्चालन गर्दै आएकी थिइन्। साथै, उनले मनोरञ्जनात्मक न्युज साइट एक्ट्राटिभीमा समेत संवाददाताको रुपमा काम गरेकी थिइन्।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.