बलिउड तथा साउथका चलचित्रका मेकरले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । फेब्रुअरीको अन्तिम सातादेखि मे महिनाको अन्तिमसम्म हरेक साता नयाँ चलचित्र रिलिज हुने पक्का भएको छ । बलिउड अभिनेता अमिताभ बच्चन अभिनित चलचित्र ‘झुण्ड’को प्रदर्शन मिति पनि तय गरिएको छ ।
यो चलचित्र मार्च ४ बाट विश्व बजारमा रिलिज हुनेछ । अमिताभले चलचित्रको पोष्टर सार्वजनिक गर्दै तयार हुन फ्यानलाई अपील गरेका छन् । नागराज पोपटराव मञ्जुलले यो चलचित्रको निर्देशन गरेका हुन् । ‘झुण्ड’ एक प्रोफेसरको कथामा आधारित छ । झुपड बस्तीमा बस्ने युवाहरुलाई फुटबल टिम बनाउनका लागि एक प्रोफेसरले दिएको प्रेरणाको कथामा यो चलचित्र बनेको छ ।
यस्तै, जनवरी १४ बाट रिलिज हुने पक्का भएपनि कोरोनाका कारण पछाडि सारिएको साउथ चलचित्र ‘राधे श्याम’ मार्च ११ मा रिलिज हुने भएको छ । यो चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन हुनेछ ।