
झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता–दर्शकले निकै रुचाए । विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ ।
स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै प्रशंसा पायो । अहिलेसम्म पनि यो गजलको लोकप्रियता उत्तिकै छ ।सोही गजललाई गीतकार विपिन किरणले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएका छन् । रचनाको स्वरमा बिहीबार मात्रै यो गजल युट्युबमा सार्वजनिक गरिएको छ । गजललाई युट्युबमा मिश्रित प्रतिक्रिया आएको छ ।


