२६ दिनमा सकियो ‘म’को छायांकन - Crazysaptahik.com

२६ दिनमा सकियो ‘म’को छायांकन

चलचित्र ‘म’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६ औं दिनमा काम सकिएको निर्माणपक्षले बताएको छ । कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन सकेपछि यो चलचित्रको काम रोकिएको थियो ।

तीन वर्षपछि नयाँ कलाकार लिएर नयाँ कथामा यो चलचित्रको काम गरिएको छ । यो चलचित्रमा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाइली, नरेन खड्का, सरोज खनाल र सरिता लामिछानेको मुख्य भूमिका छ । चलचित्रको निर्माता विमला हुमागाईं र पदम पुरी हुन् ।

तेञ्जिङ्ग पाल्देनको छायांकन रहेको यो चलचित्रलाई आगामी जेठ महिनामा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । ओेमिक्रोन र सरकारको निषेधाज्ञाका बाबजुद पनि यो चलचित्रको काम सहज ढंगले सकिएको चलचित्रका लेखक प्रकाश पुरीले बताए ।

यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रले मानिसभित्रको कथा भन्ने बताइएको छ । तेस्रो चरणको स्मार्ट लकडाउनको समयमा सरकारले हल बन्द गरेपनि चलचित्र छायांकन भने रोकेको थिएन । यसैले पनि यो चलचित्रको छायांकन पूरा गर्न निर्माणपक्षलाई सहज भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.