लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’ - Crazysaptahik.com

लतालाई श्रद्धाञ्जली दिंदै अञ्जुले गाइन् ‘मेरे नैना’

विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ । लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ । यसैबीच, लतालाई श्रद्धाञ्जली दिँदै चर्चित गायिका अञ्जु पन्तले ‘मेरे नैना’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेकी छन् । अन्जुले लेखेकी छन्, ‘संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको निधनको खबरले स्तब्ध बनायो ।

विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्नेछैन । संयोग पनि कस्तो हुँदो रहेछ, दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो अनि मैले रेकर्ड गरें । आज त्यही गीत लताजीको सम्झना र सम्मानस्वरुप यहाँहरुमाझ ल्याएकी छु ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.