प्रत्यक्ष दोहोरी कलाकार संघको अध्यक्षमा लामिछाने - Crazysaptahik.com

प्रत्यक्ष दोहोरी कलाकार संघको अध्यक्षमा लामिछाने

प्रत्यक्ष दोहोरीमा सक्रिय कलाकारहरुको छाता संगठन ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अध्यक्षमा लोक तथा दोहोरी गायक रविन लामिछाने चयन भएका छन् । शनिबार भएको संघको पहिलो अधिवेशनले लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

थुप्रै लोक दोहोरी गीतमा स्वर दिएका लामिछाने प्रत्यक्ष दोहोरीमा अब्बल गायक मानिन्छन् । अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला) मीना बुढाथोकीलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा प्रकाश पराजुली, उपमहासचिवमा रेशम निर्दोष, सचिवमा वसन्त विक, महिला सचिवमा टीका सानु, कोषाध्यक्षमा मानसिंह खड्का र सहकोषाध्यक्षमा सुमन थापा चयन भएका छन् ।

सदस्यहरुमा भीम पौडेल, सविन आचार्य, प्रीतम पोखरेल, बालकुमार श्रेष्ठ, शोभा कार्की, शंकर क्षेत्री, अस्मिता डल्लाकोटी, रीता राउत, तारा थापा, सुष्मा ठकुरी, जीवन सिग्देल, अमृता लामिछाने, रत्न श्रेष्ठ, टेकराज भण्डारी, निशान्त विक, जीवन कँडेल, सुमन खड्का, विवेक धिताल चयन भएका छन् ।

यस्तै डिलबहादुर तिरुवा, हेमन्त खत्री, पवित्रा सर्तुङ्गी मगर, राम परियार, गणेश कँडेल, प्रसन्न पाठक, दिलीप विक, प्रकाश रसाइली, प्रकाश परियार, लक्ष्मण पौडेल, वीरसिंह सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, सविन कोके गुरुङ, अमृत सापकोटालाई चयन गरिएको छ । लाइभ दोहोरी गाउने कलाकारहरुको हकहितसँगै लाइभ दोहोरीमा देखिएका विकृति विसंगतिविरुद्ध संस्थाले काम गर्ने जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.