आयंकाको पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’ - Crazysaptahik.com

आयंकाको पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरी आयंकालाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ बितेको ५ महिना आफ्ना लागि सबैभन्दा कठिन र महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् । जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । ‘मलाई आमा बनाएकोमा धन्यवाद ।

मलाई साना पलहरुको अनुभूति गराउन मद्दत गरेकोमा धन्यवाद’ उनले आगाडि लेखेकी छन्, ‘न्यानो मुस्कानका लागि धन्यवाद ।’ उनले छोरीलाई धेरै धेरै माया गर्ने पोष्ट उल्लेख गरेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.